Aamsanchar

चाईना भन्दा रुस पहिला कोरोना भ्याक्सिन सार्वजनिक गर्ने तयारीमा

Author Image
सोमवार, साउन २६, २०७७

एजेन्सी। रुसले विकास गरेको कोरोना भाइरसको भ्याक्सिन अबको दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुने भएको छ । मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएमा यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन हुने भएको छ ।

रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरिएको छ । तीन चरणको परीक्षणपछि भ्याक्सिनलाई अनुमोदनका लागि पठाइएको हो । आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ ।

भ्याक्सिन विकासमा चीन पनि अगाडि छ । उसले एउटा भ्याक्सिन अनुमोदन गरिसकेको छ । तर, उक्त भ्याक्सिन सैनिकका लागि मात्र प्रयोगमा ल्याइएको छ ।

अमेरिकाको मोर्डना, युरोपको अक्सफोर्ड एस्ट्राजेनिका, पिफाइजरसहित छवटा भ्याक्सिन तेस्रो चरणको मानव परीक्षणको क्रममा छन् । विश्वभर २३ वटा भ्याक्सिन क्लिनिकल ट्रायलको चरणमा छन् । १६० भ्याक्सिन विकासको क्रममा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 366

प्रतिक्रिया (०)

सम्बन्धित खबर