Aamsanchar

विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण, हस्पिटलमा ठाउँ नभएपछि होम आईसोलेसनमा

Author Image
मङ्गलवार, साउन २७, २०७७

मोरङ । विराटनगरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । सरकारी कर्मचारी देखि पत्रकारहरु पनि संक्रमित बनेका छन । हाल सम्ममा विराटनगरका ६ जना पत्रकारमा कोरोनाबाट संक्रमित पुष्टि भएको छ ।

पत्रकार मोहन भण्डारी, कमल रिमाल, सञ्जीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र ठाकुर र दिनेश साहलाई संक्रमण पुष्टि भएको हो  ।

एकपछि अर्को पत्रकारमा कोरोना संक्रमण हुन थालेपछि सञ्चार कर्मीहरु त्रसित बन्न थालेको छन । संक्रमित पत्रकारहरुले हस्पिटल भरिभराउ भएका कारण उपचारका लागि भर्ना हुन समेत पाएका छैनन् । उनीहरु होम आइसोलेसनमै बस्न बाध्य छन् ।

मोहन भण्डारी उद्घोष दैनिकका सम्पादक हुँन, पत्रकार ठाकुर अन्नपूर्णपोस्टमा र अरु सबै पत्रकारहरु उद्घोषमा कार्यरत छन् ।

पत्रकारहरुमा कोरोना लाग्नुको स्रोत अझै खुल्न सकेको छैन । अरु धेरै पत्रकारहरुको स्वाव परीक्षणका लागि पठाइएको मोरङ पत्रकार महासंघले जनाएको छ ।

विराटनगरका संक्रमण भएका सबै पत्रकारहरुले आफ्नो अवस्थालाई सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन । यस्तो गर्नाले संक्रमित पत्रकारहरु संग सम्पर्कमा रहेका व्यक्तीले सावधानी अप्नाउने अवसर पाएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर