Aamsanchar

कोरोना संक्रमणको कारण मोरङमा थप एक पुरुषको मृत्यु

Author Image
बुधवार, साउन २८, २०७७

विराटनगर । मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा बुधबार बिहान १ः२० मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ‘उहाँमा कोरोनाको मात्र लक्षण देखिएको थियो, अरु रोग भएको जानकारी छैन,’ उनले भने, ‘इमरजेन्सी हुँदै आइसोलेसनमा भर्ना गराएका थियौं ।’

श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले २६ साउनमा कोशी अस्पताल लगेका थिए । कोशीले रेफर गरेपछि धरानमा भर्ना गरिएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ७ पुगेको छ । सातै जना मोरङका हुन् । कोरोनाबाट विराटनगरमा–४ जना, रंगेली नगरपालिकामा १ जना, सुनबर्सी नगरपालिकामा १ जना र बुढीगंगा गाउँपालिकामा १ जनाको मृत्यु भएको हो । श्रोत : अनलाइन खबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर