Aamsanchar

मिर्गौलाको डायलाइसिस गराइरहेका चार जनाले जिते कोरोना

Author Image
सोमवार, भदौ १, २०७७

पर्सा । पर्सामा चार जना मिर्गौलाका बिरामी कोरोना सङ्क्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् ।

मिर्गौला फेल (इन्ड स्टेज रिनल डिजीज) भई हेमो–डायलाइसिस गराइरहेका ४ जना दीर्घरोगी कोरोना जितेर अस्पतालको आईसीयूबाट घर फर्किएका हुन् ।

बारा जीतपुर सिमरा उप(महानगरपालिकाकी ३० वर्षीया सपना श्रेष्ठ, निजगढ नगरपालिकाका ५६ वर्षीय नरबहादुर विक पर्सा पोखिरीयाकी ६५ वर्षीया कोशीला देवी र वीरगञ्ज महानगरपालिका वडा नं १० घरिअर्वाकी ३५ वर्षीया तारा शर्मा कोरोना जितेर घर फर्किनु भएको हो ।

‘उनीहरुको उपचारमा विशेष खालको चिन्ता थियो’ नारायणी अस्पतालका डायलाइसिस इन्चार्ज डा।निरज सिंहले भन्नुभयो ‘हाई रिस्क ग्रुपमा पाइएको सफलताले स्वास्थ्यकर्मीहरुको मनोवल उच्च भएको छ ’।

विक र श्रेष्ठ सोमबार वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । कोशीला र तारा भने हिजो डिस्चार्ज हुनु भएको हो । झन्डै १४ दिनको अस्पताल बसाइपछि गरिएको परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरुमा ३ घण्टाको डायलाइसिसको सेशन ४ पटक गरिएको डा‍‍।सिंहले बताउनु भयो । ‘उहाँहरु त संक्रमित नै हुनु भयो । हाम्रो पनि ज्यान जोखिममा थियो’ डा सिंहले भन्नुभयो ‘दीर्घरोगीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । उहाँहरुलाई घर फर्काउन सकिएकोमा खुसी मिलेको छ ’ ।

मिर्गौला फेल भएर डायलाइसिसको सेवा लिइरहेका बिरामीहरुले कोरोनालाई जितेर घर फर्किएको यो घटनाले सकारात्मक सन्देश प्रवाह गरेको छ ।  साभार : उज्यालो 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर