Aamsanchar

आजको राशीफल (५ भदौ २०७७, शुक्रवार)

Author Image
शुक्रवार, भदौ ५, २०७७

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रापनि हुनेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिकरसांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक साथ र समर्थन मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ, तर स्वस्थयको विशेष ख्याल गर्नु पर्नेछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । आर्थिक पक्षपनि कमजोर रहनेछ । स्वस्थप्रति बढी सजक हुन आवस्यक छ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज सजिलै अरुको बिश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाईनेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । प्रेमिको साथ पाईनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतस् वाणीमा लगाम लगाउन आवस्यक हुन्छ ।

मीन 

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

शुभ कार्यको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 392

प्रतिक्रिया (०)

सम्बन्धित खबर