Aamsanchar

इलाममा पनि निजीक्षेत्रबाट अस्पताल संचालन

Author Image
मङ्गलवार, भदौ ९, २०७७

फोटो : ग्रीन इलाम

इलाम । इलाम देशमै परिचित एक शुनदर जिल्ला हो । इलाम शिक्षा, पर्यटन, कृषि, न्यायको क्षेत्रमा अगाडी भएपनि स्वास्थ्य सेवाको हिसावले पछाडी परिरहेको थियो । जेनतेन सरकारी जिल्ला अस्पतालले धान्दै आएको स्वास्थ्य सेवालाई अब निजी क्षेत्रबाट पनि सेवा सुरु भएको छ । इलाम सदरमुकामकै पहिलो निजी अस्पताल ‘इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.’ ले मंगलबारबाट आफ्नो सेवा शुभारम्भ गरेको छ ।

इलाम नगरपालिका वडा नं। ६ सिङफ्रिङमा रहेको डा।मेघबहादुर पराजुली सामुदायिक अस्पताल रहेको भवनबाट संचालन हुने गरी एक कार्यक्रमको बिच सेवा आरम्भ गरिएको हो । भदौ १५ गते सम्म अस्पतालमा आउने सेवाग्राहीहरुलाई ओपिडी सेवा शुल्कमा सतप्रतिशत छुट दिईने बताइएको छ । हाल यस अस्पाल १५ शैय्याको मात्र भएकोले नेपाल सरकारबाट उपलब्ध हुने स्वास्थ्य बिमा सुविधा भने उपलब्ध हुने छैन । निकट भविष्यमा अस्पतालको स्तरोन्नति गरेर उक्त सुविधा पनि प्रदान गर्ने लक्ष्य लिईएको अस्पताल संचालक प्रकाश चापागाईंले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर