बिर्तामोड । झापा टेलरिङ व्यवसायी संघले टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न माग गरेको छ ।
झापा टेलरिङ व्यवसायी संघले विर्तामोड उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण पत्र वुझाउँदै टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न माग गरेको हो ।
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको जोखिममा टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरु रहेकाले उनीहरुको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्न माग गरेको झापा टेलरिङ व्यवसायी संघका महासचिव वीरु दर्नालले वताए ।
टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुले ग्राहकको कपडाको नाप लिँदा भौतिक दूरी कायम गर्न सम्भव नहुने भएकाले कोरोनाको जोखिम बढ्ने भन्दै टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न विर्तामोड उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण पत्र वुझाएको उनले वताए ।
झापामा एक हजारभन्दा वढी टेलरिङ व्यवसायी रहेको बताइएको छ ।
उता सरकारले लक्षण नदेखिएकाहरुको परिक्षण नगर्ने निर्णय यसअघीनै गरिसकेको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा परीक्षण गर्दा पैसा तिर्नु पर्ने/नपर्ने खुलाइएको छैन। तर मन्त्रालयका अधिकारीहरूले भने कोभिड-१९ का लागि सरकारले बनाएको राष्ट्रिय परीक्षण मापदण्ड पुगेका व्यक्तिहरूको मात्र सरकारी प्रयोगशालाहरूमा नि:शुल्क परीक्षण गरिने बताउँछन्।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, “त्यो भनेको विदेश वा जोखिम क्षेत्रबाट आएको र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरू हुन्।”
“निजी अस्पतालहरूका हकमा अहिलेसम्मको अवस्थामा परीक्षण स:शुल्क नै हो। सरकारी अस्पतालमा समेत त्यहाँ रहेका स्वास्थ्यकर्मीले अवस्था हेरेर निर्णय नगर्दासम्म स:शुल्क परिक्षण गर्ने व्यवस्था छ।”