Aamsanchar

अर्जुनधाराकी १६ वर्षीया किशोरी बलात्कृत, बलत्कार आरोपमा दुईजना पक्राउ

Author Image
बुधवार, भदौ १०, २०७७

बिर्तामोड ।  झापाको अर्जुनधारा नगरपालिकाकी एक किशोरीले बलत्कारको सिकार बन्नु परेको छ । मंगलबार साँझ ति किशोरी बलात्कृत भएकी छन् । शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको नरसरीमा पुगेर जबरजस्ती बलात्कार गरेको बताइएको छ ।

अर्जुनधारा १ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरिएको बताइएको छ ।अर्जुनधारा ३ स्थित शिविर घर भएकी युवतीलाई बलत्कार गरेको आरोपमा शनिश्चरे प्रहरी चौकीले २ जनालाई पक्राउ गरेको छ । गस्तीमा रहेको टोलीले अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षीय विक्रम हास्दालाई पक्राउ गरेको हो । उनीहरु हेभ्भी सवारी चालक रहेको प्रहरीले जनाएको छ ।

टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो । किशोरीको भनाइका आधारमा प्रहरीले बाटोमा फर्किँदै गरेको अवस्थामा आरोपित दुई युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन । पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 582

प्रतिक्रिया (०)

सम्बन्धित खबर