

बिर्तामोड । आज कनकाई नगरपालिकाका आठ जना स्थानीयमा कोरोना पोजिटिभ देखिएको छ ।

कन्काई नगरपालिका वडा नं ३,७ र १ का दुई महिला र छ पुरुष गरि आठ जना स्थानीयमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जनाकारी दिए । आजसम्म झापामा कुल संक्रमितको संख्या ५७६ पुगेको छ । जसमा भद्रपुरमा ३३, मेचीनगर १०७, बिर्तामोड १८, कनकाई २२, अर्जुनधारा २२, दमक ९५, गौरादह १९, शिवसताक्षी १२, बुद्धशान्ति १७, हल्दिवारी १३, कचनकवल १३९, कमल १८, बाह्रर्दशि २१, गौरीगञ्ज २८ र झापाका १२ जना रहेको चौलागाईले बताए ।

गत ५ दिन अघि दुर्गापुरका एक व्यक्तीमा कोरोना देखिएपछि उक्त व्यक्तीको सम्पर्कमा रहेका ९५ जनाको स्वाव परिक्षण गर्दा आठजनामा कोरोना संक्रमण फेला परेको बताइएको छ ।

Views: 233

