Aamsanchar

उपत्याकाका एक साता निषेधाज्ञा थप

Author Image
बुधवार, भदौ १७, २०७७

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले थप एक साता निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेका छन्।

बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिहहरुको संयुक्त बैठकले उपत्यकामा भदौ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

यसअघि जारी गरिएको निषेधाज्ञा भदौ १७ गते राती १२ बजे समापन हुँदैछ। यसअघि पनि तीनै जिल्लाका प्रजिअहरूले भदौ ३ गते राती १२ बजेदेखि निषेधाज्ञा जारी गरेका थिए।

तैपनि केही सेवा तथा उद्योग संचालन गर्न भने केही खुकुलो गरिएको छ।

Views: 239

प्रतिक्रिया (०)