Aamsanchar

कोटीहोमको पीसीआर ल्याब मेची अस्पताल प्रशासनले जिम्मा लियो

Author Image
बिहिवार, भदौ १८, २०७७

विर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट कनकाई–४ कोटीहोममा स्थापित पीसीआर ल्याब अब केही दिनमै सञ्चालनमा आउने भएको छ ।
ल्याबका लागि आवश्यक जनशक्ति नियुक्त गरी उनीहरुको तालिम तथा कानूनी प्रक्रिया अघि बढिसकेकाले ल्याब छिट्टै सञ्चालनमा आउने मेची हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए ।

बुधवार समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित ल्याबमा रहेका पीसीआर मेसिनसहित ४० वटा उपकरण तथा सामग्रीको विवरण र चावी एकका लागि एक अभियानको तर्फबाट हस्पिटलका डाक्टर ठाकुरलाई हस्तान्तरण गरियो ।
अभियानका सहसंयोजक बिनोद बस्नेतसहित अभियानकर्मीले संयुक्त रुपमा हस्पिटलका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल विश्वकर्मा र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रोहबरमा सामग्री  विवरण र चावी हस्तान्तरण गरेका हुन् ।

ल्याब सञ्चालनमा आएपछि सबै दाताहरुलाई जानकारी गराई औपचारिक रुपमा उद्घाटन, हिसाब सार्वजनिक तथा अन्य कार्यक्रम सम्पन्न हुने एकका लागि एक अभियानले जनाएको छ ।

विपन्न एक परिवारलाई हुने खाने एक परिवारले सहयोग गर्नका लागि शुरु भएको अभियानबाट मुलुकमै नमूनाको रुपमा सरकारलाई सहयोग पु¥याउन जनस्तरबाट पीसीआर ल्याब स्थापना भएको र यो सञ्चालनमा आएसँगै कोरोना भाइरस संक्रमण नियन्त्रणमा टेवा पुग्ने एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी बताउँछन् ।
एकका लागि एक अभियान, कनकाई नगरपालिका र मेची हस्पिटलबीच गत साउन २० गते भएको निर्णय तथा सहमति बमोजिम मेची हस्पिटलले आफ्नो दोस्रो प्रयोगशालाको रुपमा उक्त ल्याबलाई सञ्चालनमा ल्याउनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 435

प्रतिक्रिया (०)

सम्बन्धित खबर