झापा । झापामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा झापामा थप १२ जना संक्रमित फेला परेको पुष्टि गरेको हो ।

संक्रमितहरुमा ६ महिला र ६ पुरुष रहेका छन । बिर्तामोड नगरपालिका वडा नं. ५ का ४ महिला १ पुरुष, अर्जुनधारा नगरपालिका वडा नं. ८ मा अस्थाई बसोबास गर्ने भारतिय नागरिक १ पुरुष, कमल गाउँपालिकाका वडा नंम्बर ३, का २ महिला ४ पुरुष गरेका छन ।

झापामा आज सम्म संक्रमितको कुल संख्या ६ सय १५ पुगेको छ । ४ सय ८१ जना निको भएका छन ।

Views: 116

