हल्दिबारी । झापाको हल्दिबारीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
झापामा रगतको चरम अभाव भएको कुरा जिल्ला रेडक्रसले रक्तदाताहरुलाई रगत दान गर्न आवहान गरिरहेकै अवस्थामा बिहिबार नेपाल स्वयंसेवी रक्तदाता समाज हल्दिबारी, हल्दिबारी समावेशी युवा महिला संस्थाको संयुक्त आयोजनामा रक्तदानको कार्यक्रमण गरेर रक्त संकलन गरिएको हो ।
रक्तसञ्चार सेवा केन्द्र को प्रविधिक सहयोगमा भएको रक्तदानमा मा ७१ पिन्ट रगत संकलन भएको कार्यक्रमकी अध्यक्ष सरस्वती चम्लागाइँले जानकारी दिएकी छन ।
रक्तदान कार्यक्रममा स्थानिय सरकार देखि दर्जनभन्दा धेरै संघ संस्थाका प्रतिनिधीहरको सहभागिता रहेकोे हल्दिबारी सरसफाइ अभियान्ता अभिषेक खतिवडाले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 206