

झापा । नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट आजै राजीनामा दिने घोषणा गरेका छन् ।

उनले आजको क्याबिनेट मिटिङमा आजै साँझसम्ममा राजीनामा दिने प्रधानमन्त्री केपी ओलीलाई बताएका हुन् । प्रधानमन्त्री ओलीका प्रियपात्र खतिवडाको सांसद् पदको अवधि ६ महिना अघि सकिएको थियो ।

नेकपाका अर्का नेता बामदेव गौतमलाई खतिवडाको रिक्त सांसद् सिटमा मनोनित गरिने भएकाले उनले मन्त्री पद त्यागेका हुन् । झापाको गौरादह घर भएका खतिवडालाई अर्थमन्त्री जस्तो गहन जिम्मेवारीमा ओलीले नै रोजेर ल्याएका हुन् ।

अहिले पनि खतिवडालाई हटाउने मुडमा ओली थिएनन् । तर प्रचण्डसँगको विवादमा साथ दिएपछि गौतमलाई शक्ति सन्तुलनका लागि रोज्न बाध्य भए ओली । अब खतिवडालाई ओलीले अदृश्य तर शक्तिशाली जिम्मेवारीमा राखिरहने सम्भावना पनि छ ।
Views: 170

