

कनकाई । झापाको कनकाई नगरपालिकामा शुक्रवार १० जना कोरोना संक्रमित थपिएका छन् ।

कनकाई नगरपालिकाको वडा नंं। १ की एक जना महिला , वडा नं.३ की एक जना महिला र वडा नं. ५ का आठ जनापुरुषमा कोरोना संक्रमण देखिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

कनकाई नगरपालिकामा हालसम्म ३३ जनामा कोरोना संक्रमण देखिएकोमा १५ जना डिस्चार्ज भएको उनले जानकारी थिए ।

Views: 31

