Aamsanchar

शनिबार विशेष : साढेसातको दशा कसरी कटाउने

Author Image
शनिवार, भदौ २०, २०७७

आज शनिबार । सातामा बल्ल त बिदा भयो भन्दै अलिबेर सुत्ने बानी छ भने हटाउनुहोस् किनकी कहिले ढिला कहिले चाँडो उठ्ने बानी स्वास्थ्यको लागि राम्रो होईन । त्यसमाथि आज शनिबार भगवान शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन । त्यसैले बिहानै ३ बजेदेखि काठमाडौंको न्यूरोडमा रहेको संकटा मन्दिरमा निकै भिड लाग्ने गर्छ ।
धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । त्यसैले पनि यसदिन पुजापाठ बढी गरीन्छ । बिहानै पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् । ब्रहमान्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पुजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ ।

के हो साढे सात दशा  ?
ज्योतिषका अनुसार साढे सात दशाले ठुलो अनिष्ठ निम्त्याउँछ । मानिसको मृत्युसम्मै हुने दशा हो, साढेसाती । शनिको दशा र बक्र दृस्टी जसमा पर्छ उनीहरुले शारीरिक समस्या, मानसिक कष्ट, आर्थिक कष्ट, र रोग आदि लगायतको समस्याहरु झेल्नु पर्छ । शनि ग्रहलाई न्याय र कर्मफलको कारक ग्रहको रुपमा चिन्ने गरिन्छ। अपवादका रुपमा मात्रै मानिसलाई साढे सात दशाले लाभ गर्छ । नत्र तपाईको दशाले पुरै परिवार अनिष्ट गर्छ साढेसातीले ।शनिको साढे सातको दशा कुण्डलीको अध्ययन गरेर मात्रै थाहा हुन्छ । ज्योतिषको अनुसार शनि ग्रहको साढे सातको दशा ७ वर्षसम्म चल्छ ।

तर नआत्तिनुहोस् तर शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिको साढे सात दशाको दोष निवारण गर्न पनि सकिन्छ ।

शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।
हरेक शनिबार शनिको पुजा गर्नुहोस्
पिपलको बोटमा पनि विशेष पूजा गर्नुहोस् ।
खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।
शनिबार कालो तिल दान गर्नुहोस्।
ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ
हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।
हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् ।
नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर