Aamsanchar

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीको जन्म जयन्ती मनाईदै

Author Image
बुधवार, भदौ २४, २०७७

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्‍वेश्‍वरप्रसाद कोइराला (विपी) को १०७ औँ जन्म जयन्ती मनाइँदैछ ।

जन्म जयन्तीको अवसरमा कांग्रेस र भ्रातृ संगठनले जिल्ला – जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्दै भर्चुअल रूपमा कार्यक्रमहरू सञ्‍चालन गरिने नेपाली कांग्रेसले जनाएको छ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका विपीको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते भएको थियो। कोइरालाको नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान छ।

२०१५ सालको निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। विपीको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ। ६ साउन २०३९ मा उनको निधन भएको थियो।

Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर