Aamsanchar

खानी तर्फ सरकारको ध्यान, ४०७ उत्खनन तथा खोजतलासका लागि अनुमति

Author Image
शुक्रवार, भदौ २६, २०७७

काठमाडौं । बर्षैदेखि चासो नदिईएको क्षेत्रलाई यस बर्ष सरकारले धेरै संख्यामा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ ।

खानी तथा भूगर्भ विभागले आव २०७६र७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो ।
वितका बर्षहरुमा पनि केही खानीहरुको खोजी र उत्खननका काम नभएका होईनन तर धेरै योजनाहरु अलपत्रनै रहेको अवस्था छ तर अब ति लगायत नयाँ ठाउँमा त्यसमध्ये १४९ लाई उत्खनन र २५८ खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो । उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२, टुर्मालिन आठ, जिङ्क एक र डोलोमाइट दुईलगायत छन् ।

यस्तै, खोजतलासका लागि चुनढुङ्गा १६२, फलाम दुई, तामा तीन, डोलोमाइट नौ, सुन दुई, ग्रेनाइट दुई, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन चार, क्वार्ज दुई, टल्क पाँच कम्पनीलाई अनुमति दिइएको छ । विभागका महानिर्देशक रामप्रसाद घिमिरे पछिल्लो समय नेपाली खानीप्रति स्वदेशी तथा विदेशी कम्पनीको उत्खनन तथा खोजतलासका लागि चासो बढ्दै गएको बताउँछन् ।

“आव २०७४र७५ र आव २०७५र७६ को तुलनामा आव ०७६र७७ मा नेपाली खानी उत्खनन तथा खोजतलासका लागि आउने कम्पनीको सङ्ख्या बढेको छ”,उनी भन्छन् । आव २०७४र७५ मा १२६ र आव २०७५र७६ मा १२३ खानीलाई उत्खननलाई अनुमति दिइएको थियो । विभागले आव २०७६र७७ मा रु ८४ करोड ७३ लाख ४८ हजार र अघिल्लो आवमा रु ७७ करोड तीन लाख राजश्व आम्दानी गरेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर