Aamsanchar

नेकपाको निर्णय, संशोधन गरेर एमसीसी अनुमोदन गर्ने

Author Image
शुक्रवार, भदौ २६, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गरिने भएको हो ।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर