Aamsanchar

कोटीहोमको पीसीआर ल्याव मंगलबार उद्घाटन हुने

Author Image
शनिवार, भदौ २७, २०७७

चारपाने । झापाको कनकाई कोटीहोमा रहेको कोरोना परिक्षण गर्ने (पीसीआर ल्याव) मंगलबार उद्घाटन हुने भएको छ ।

शनिबार कनकाई नगरपालिकामा बसेको पीसीआर ल्याव संचालन सहयोग एवं व्यवस्थापन समितिको बैठकबाट मंगलबार ल्याव उद्घाटन गरिने निर्णय गरिएको हो । त्यैगरी पीसीआर संचालनको लागि छुट्टै कार्यविधी पनि पारित भएको छ । कार्यविधीले समुदाय र सरकार दुवै पक्षलाई जिम्मेवार बनाएर संचालन कार्यमा लाग्न मार्गनिर्देश गरेको पीसीआर ल्याव संचालन समितिका अध्यक्ष एवं नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।

नागरिक स्तरबाट स्थापना भएको ल्यावमा एकका लागि एक अभियान, अन्तर्राष्ट्रिय झापाली समाज, सहकारी संजाल र निजी क्षेत्रले बढी योगदान गरेको थियो । कनकाई नगरपालिकाको आग्रहमा एकका लागि एक अभियानले कनकाई नगरपालिकामा रहनेगरी मेची प्रादेशिक अस्पताल मार्फत संचालन हुनेगरी केही दिन अघिनै मेची अस्पताललाई एकका लागि एक अभियानले ल्याव हस्तान्तरण गरिसको छ । त्यस पस्चात ल्यावलाई मेची अस्पताल र कनकाई नगरपालिका बिचको एकआपसको सहमतीबाट केही व्यवस्थापन तर्फ कनकाई नगरपालिकाले जिम्मेवारी बहन गर्ने गरि ल्याव संचालन गर्नेकार्यलाई अघि बढाईको र मेची अस्पतालले पनि आवश्यक कार्यहरु गरिरहेको बैठकमा जानकारी गराईएको थियो । नगरपालिकाले आफूले जिम्मा लिएको काम अन्तरगत कर्मचारी लगायत व्यवस्थापनको तर्फको काम सम्पन्न गरेको छ सो को परिणामा स्वरुप एतीवेला परिक्षणकार्य धमाधम भईरहेको बताईएको छ ।

नगर प्रमुख पोखरेलको अध्यक्षतामा बसेको बैठले ल्याव संचालन सहयोग समिति गठन संगै पदाधिकारी चयनलाई पनि  पूर्णता दिईएको छ । गठित समितिमा कनकाई नगरप्रमुख अध्यक्ष रहने गरि ल्याव संचालन समिति गठन भएको हो, त्यसैगरी ल्याव संचालनको लागि कोष व्यवस्थापन समिति लगायतका उपसमितिहरु पनि निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।

गठित समितिको सदस्यमा जिल्ला भित्रका पालिकाहरु मध्येबाट प्रमुख वा प्रतिनिधी ३ जना, मेची प्रादेशिक अस्पतालबाट १ जना, जिल्ला प्रसाशन कार्यालयबाट १ जना, एकका लागि एक अभियानको तर्फबाट २ जना, अन्तर्राष्ट्रिय झापाली समाजबाट १ जना, सहकारी अभियानबाट १ जना, जिल्ला रेडक्रसबाट १ जना गरि ११ सदस्य समिति गठन भएको छ । कोष व्यवस्थापन समिति भने अर्को बैठकबाट गठन गरिने बताईएको छ ।

बैठकमा कनकाई नगरपालिका उपप्रमुख मञ्जु प्रसाई, कार्यकारी प्रमुख रुद्रप्रसाद न्यौपाने, एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेत,अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष नविन पोखरेल, एकका लागि एक अभियानका अभियन्ताहरु कुमारमणी पोखरेल, अर्जुन चुडाल, हरि शर्मा, शिव कडेल, मिजास पोखरेल, सजेश शिवाबोटी, निर्मल भट्टराई, कुमार भट्टराई, मदनगोपाल सुब्बा, एकराज गिरी, सञ्चारकर्मी बिनोद पाण्डे, अधिवक्ता खगेन्द्र खरेल, कनकाई नगरपालिका लेखा अधिकृत कृष्णप्रसाद रिमाल लगायतको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर