झापा । झापाको विर्तामोडमा लागु औषध कारोवार गरेकोको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विर्तामोड नगरपालिका वडा नं ३ बिर्ताबजार त्रिवेणी टोल स्थित गोपाल एग्रोभेट्सका संचालक गोपाल गौतम रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मुकुन्द रिजालले बताएका छन ।
शुक्रबार गौतमले एग्रोभेट पसलमा प्रतिवन्धित लागु औषध (ब्राउन सुगर) को कारोबार गरिरहेको भन्ने विशेष सुचनाको आधारमा उक्त स्थानमा प्रहरी टोलीले खानतलासी गर्दा एग्रोभेट्सबाट प्रतिबन्धित लागु औषधी (ब्राउन सुगर ) जस्तो देखिने लिसाईलो पदार्थ एक पोका र डिजिटल तराजुमा तौल गर्दा गर्दै प्लास्टिक सहित २३ ग्राम ३५० मिलिग्राम प्लास्टिक बाहेक २२ ग्राम लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
बरामत गरिएको लागु औषध सहित एग्रोभेट्सका संचालक गौतमलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धानकार्य भईरहेको इलाका प्रमुख रिजालले बताए ।