Aamsanchar

नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार माथी

Author Image
सोमवार, भदौ २९, २०७७

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा कोरोना भाईरस कोभिड–१९ संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

सोमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्रा डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको बताएका हुन ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ । ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)