बिर्तामोड । गत साउन २२ गते रुपन्देहीको कन्चन गाउपालिकाका वडा नं. १ की १५ वर्षिया करुणा घर्तीमगरको हत्या भएको महिना दिन वितिसक्ता पनि घटनाको सत्यतथ्य सार्वजनिक र हत्याराको खोजी नभएको भन्दै छिटो भन्दा छिटो अपराधमा संम्लग्नलाई कानुनको कठघारामा ल्याउन सरकारसंग माग राख्दै मेची महाकाली बुहारी सयुक्त आवाज झापा समितिले झापाको बिर्तामोडमा स्व. घर्तीमगरको आत्माको चीरशान्तिको कामना गर्दै दीपप्रज्वलन र शोक सभा सम्पन्न गरेको छ ।
हिंसा रहित समाज निर्माण गरौं, महिला सामान हैन सम्मान हो १, लैङिगक हिंसा एक सामाजिक अपराध हो भन्ने जस्ता प्लेकार्ड बोकेर शोकसभा गरिएको थियो ।
मेची महाकाली बुहारी सयुक्त आवाज झापाकी संयोजक शिखा खड्का गणेशको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगर कार्यपालिका सदस्य भागिरथा आचार्य ( भावना) को प्रमुख आथित्यता रहेको थियो । त्यसैगरी विशेष अतिथिमा सूर्यहरी मरठ्ठाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत जमुना निरौला अधिकारी, कार्यक्रममाथी प्रकास झापा सल्लाहकार हेमा पौडेल र संचालन सहसचिव तुलसा मञ्जरीले गरेकी थिईन् ।
कार्यक्रममा झापा जिल्लाको दमक, मेचीनगर भद्रपुर लगायतका स्थानबाट आएका २३ जना महिलाहरुको उस्थिती रहेको थियो ।
विगत एक बर्ष अघि स्थापना भएको मेची महाकाली बुहारी संयुक्त आवाजमा देश भरीबाट ११ हजार महिलाहरु सदस्य बनिसक्नु भएको र केन्द्रिय समितिमा यमु शर्मा सुब्बा अध्यक्ष र उपाध्यक्ष चन्द्रा काफ्ले नेतृत्व प्रदान गरिरहेको झापा जिल्ला संयोजक गणेशले बताईन ।