Aamsanchar

विराटनगरमा प्याज कालोबजारी गर्ने दुईजना पक्राउ

Author Image
आइतवार, असोज ४, २०७७

प्रतिकात्मक फायल तस्वीर 

विराटनगर । बढी मूल्यमा प्याज विक्री वितरण गरिरहेका दुई जना व्यापारीलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।

विराटनगर ९ स्थित पुरानो गुद्री बजारबाट शुक्रबार २ जना व्यापारीलाई अनुगमनका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले अनुसारजानकारी दिए। शुक्रबार पक्राउ गरिएका दुवै जनालाई आइतबार ७ दिनको म्याद थप भएको उनले बताए।

पक्राउ पर्नेहरुमा ३८ वर्षीय संजयकुमार गुप्ता र २९ वर्षीय मुकेशकुमार सहनी रहेका छन् । उनिहरुले बढी मूल्यमा प्याज बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख खड्काले बताए।

केहीदिन अघिसम्म ४७ रुपैयाँ प्रतिकिलो पाउँदै आएको प्याज बजारमा कालोबजारी गरी व्यापारीहरुले १ सय रुपैयाँसम्ममा बिक्री गर्न थालेको गुनासो बढ्दै गएको छ । अनाआवश्यक हल्ला र प्याज लुकाएर बढी मुल्य लिएर व्यापारीहरुले कालोबजारी गरिरहेको हुदाँ यस्तोकार्य नियन्त्रण गर्न सर्र्वसाधारणले सरकार संग माग गरेका छन् ।

शुक्रबार पक्राउ गरिएका दुवै जनालाई आइतबार ७ दिनको म्याद थप गरिएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेको दुवैजनालाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।

 

Views: 107

प्रतिक्रिया (०)