Aamsanchar

बैदाममाथि उभिएर विश्वलाई रेसमी माया र शान्तिको आयाम दिइरहेको छ

Author Image
सोमवार, असोज ५, २०७७

एउटा यस्तो देशवाट शान्तिको शुभकामना जहाँ बुद्धको जन्म भएको हो, जहाँ विश्वका अनेकन देशहरुले आफ्नो आफ्नो देशको शान्तिप्रतिको चाहलाई चैत्यको स्वरुपमा अभिव्यक्ति गरेका छन्, जहाँ विश्व शान्ति स्तुपाले बैदाममाथि उभिएर विश्वलाई रेसमी माया र शान्तिको आयाम दिइरहेको छ, जहाँका मान्छेहरु शान्ति र मित्रताका लागि विश्वभरि प्रसिद्ध छन् अनि जहाँ सगरमाथाले आकाशलाई छुँदै विश्वभरि शान्तिको वायू प्रसारित गरिरहेको छ ।

यसपटक विश्वमा कोरोना त्रासले शहरहरु त शान्त छन तर मनहरुमा अशान्तिको ज्यारभाटा उठेको छ, आवेगको पहिरो गएको छ, यसवर्षको विश्व शान्ति दिवसको दैलोमा भिँदा अन्य वर्षहरु भन्दा विश्वलाई थप शान्ति अनि एैक्यवद्धता चाहिएको स्पष्ट छ। त्यसभएर पनि यसवर्षको विश्व शान्ति दिवसको नारा “Shaping Peace Together” अर्थात साथमा लिमेर शान्तिको प्रारुप तयार गर्ने भन्ने रहेको छ ।

होम स्वस्ती आदि गर्ने सनातन सम्प्रदायले शदियौंदेखि विश्व शान्तिको डोर आफ्नो परम्परा र संस्कारमा समाहित गरेका छन् । आज यहि डोरलाई अझ प्रगाढ बनाएर विश्व भरिका समूदाय र सभ्यतालाई जोड्ने बेला आएको छ ।

शान्ति एउटा अध्यात्मिक शब्दावली मात्र नभई मानव सभ्यताको अनिवार्य आवश्यक्ता पनि हो । शान्ति दिवसमा शान्तिको घाँटी निमोठिएका प्रशस्त उदाहरणका साथ, दम्भ बोकेर न्यायको कठघरामा आज विश्व समूदाय उभिएको छ । आतंकवाद, आन्दोलन, हत्या हिंसा, बैमनस्यता र अमानविय श्रृंखलाहरुमा विश्वभर कुनै न कुनै रूपमा जकडीएको छ ।
म्यानमारका रोहिंग्या देखि सिरियाली शरणार्थीका आँखाहरुसंगै दशकौंदेखि बम र बारुदमा बाँचीरहेका अफगानिस्तान, ईराक लगायत धेरै देशका नागरीकहरुको शान्तिको हिसाब किताब कस्ले गर्ने हो, शान्तिको स्थापना संस्थागत गर्न जरुरी छ ।

सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।

१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । त्यो शंखनाद सिरिया, अफगानिस्तान, लिविया हुँदै विश्वका हरेक कुना कन्दरामा पुगोस् । सगरमाथाको शिखरदेखि मृत सागरको तहसम्म शान्तिको लहर फैलियोस् ।

बिगतका वर्षहरुका शान्ति केवल राजनैतिक र दार्शनिक शव्दावलिका रुपमा प्रयोग भएको पाइन्छ, कहिँ धर्महरुबिच त कहिँ मर्महरुबिच आततायी रुपमा शान्तिलाई निर्मम निमोठिएको छ । विश्व यूद्धको अवधिलार्इ नरकंकालको माला लगाइदिएका शाषकहरुले आज प्रथम विश्वयूद्धको १०६ वर्ष पुरा हुँदासम्म बिभिन्न श्रृंखला अनि अनेक नाममा दोब्बर हाराहारीमा मान्छे मारिसकेका छन् । स्मरणीय रहोस्, शान्ति गौतमबुद्धको वचन मात्र हैन सबैको दायित्व पनि हो । हृदयमा सदाचार लिएर पाइला चालौं, आत्मियता अनि माफीको पथमा हिँडौ । आजका पुस्तालाई विश्वबन्धुत्वको पाठ सिकाउन जरुरी छ ।

नेपालको पोखरामा रहेको विश्व शान्ति स्तूपामा आज विश्व शान्तिको कामना गर्दै दिप प्रज्जवलन गरिनेछ, यस दिन बिहान सगरमाथा पारीबाट उक्लिएको घामले सदासर्वदा शान्तिको राप विश्वलाई दिइरहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१