Aamsanchar

‘समाजको सेवा र रुपान्तरण सभ्यताको प्रतिक हो’

Author Image
मङ्गलवार, असोज ६, २०७७

समाज सेवा विकासोन्मुख देशको विकासका लागि एउटा मेरुदण्ड नै हो । समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले समाज सेवा दिवस मनाउन शुरु गरेको हो ।

समाजको सेवा र रुपान्तरण सभ्यताको प्रतिक हो, हामी सबैजना समाजका एकाई हौं र समाज हाम्रो मुल्य र मान्यताको धरोहर हो । यस वर्षको सामाजिक सेवा दिवसमा नेपाली परिवेशमा निकै गर्व गर्न लायक कुराहरु भएका छन्, लकडाउनमा निशुल्क भोजन वितरणका लागि स्वयमसेवक अनि अनुदानको परिचालन, गल्ली गल्लीका भोकाहरुलाई सहयोग, सवारी साधन बन्द भएर घर हिँड्दै गएकाहरुलाई बाटोबाटोमा माया अनि बसोवासको सुविधा, संक्रमणले मानवता अनि समाजलाई न्यून असर गरेको कतै छ भने त्यो नेपाल नै हो ।

घरिघरि स्वास्थकर्मीहरु माथिको भेदभाव र जोखिमका कारणले गरिएको विभेदले समाजको थप रुपान्तरण जरुरी रहेको तितो वास्तविकता पनि देखाएको छ । परिवर्तन समाजलाई सदा जरुरी छ, समाजसेवा मानवताको मेरुदण्ड हो, शुभकामना छ आज राष्ट्रिय समाज सेवा दिवसको ।

समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैर सरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषदले यस वर्ष विभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरुको उपस्थितीमा असोज ६ गते समाज सेवा दिवस मनाउने गरेको छ ।२०३४ सालमा समाज कल्याण परिषद स्थापना भएको दिवस पारेर यस दिवस मनाउन थालिएको हो ।

निला प्लेटका गाडीहरु प्रसस्तै कुदेका अनि पत्रपत्रिकामा पनि एनजीओ, आईएनजीओका बिज्ञापनहरु हामी सबैले देख्दै आएका छौं । समाज सेवा एउटा विशुद्ध सेवामुलक काम हो, यस कार्यमा कुनै राजनिती, पूर्वाग्रह, धर्म या सम्प्रदाय मिसिन नपुगोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)