Aamsanchar

कोरोना अपडेट : संक्रमित कुल संख्या ६६,६३२ पुग्यो

Author Image
मङ्गलवार, असोज ६, २०७७

काठमाडौं  । मंगलबार  काठमाडौं उपत्यकामा मात्रै ६४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण पुष्टि भएको हो । यस्तै उपत्यकासहित देशभर भने १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताए ।

उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२९ पुगेको गौतमले बताए । यस्तै आज १,१५४ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ९ लाख ३४ हजार ९७७ जनाको परीक्षण भएको छ ।

Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर