Aamsanchar

चट्याङ किन पर्छ ? कसरी बच्ने ?

Author Image
बुधवार, असोज ७, २०७७

केही दिनदेखि देशका विभिन्न भूभागमा निरन्तर पानी परिरहेको छ, पानी संगै तिब्र हावा र मेघगर्जन (चट्याङ) कारण मानिसहरु घाईते र मृत्यु पनि भएको समाचारहरु आईरहेका छन । प्रायजसो न्यानो महिनाहरुमा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । चट्याङ पर्दाको आवजले मात्रै पनि धेरैको ज्यान सातो लिएको छ । चट्याङको बारेमा हामीले धेरै मिथकहरु सुन्दै आएका छौं । जस्तैः चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउामा दोहोर्‍याएर पर्दैन । तर, यी दुवै कुराहरु सत्य होइनन् ।

राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रको विवरण अनुसार विगत नौ वर्षमा चट्याङ‌कै कारण ९५९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै चट्याङ लागेर हरेक वर्ष ३०० जना घाइते र कैयौँ परिवारहरू प्रभावित हुने गरेको केन्द्रको विवरणमा उल्लेख छ।

बिजुली चम्किादा त्यसले आकाशबाट शक्तिशाली विद्युतीय तरङ्ग पृथ्वीमा प्रवाह हुन्छ त्यसैलाई चट्याङ परेको भनिन्छ । मौसमको यस नाटकीय घटनाको बारेमा थाहापाइराख्नुपर्ने केही जानकारीहरु हामीले दिन गइरहेका छौं ।

विगत नौ वर्षमा कुल १.९११ घरपरिवार चट्याङबाट प्रभावित भएका छन्। नेपाल प्रहरीले सङ्कलन गरेको तथ्याङ्कमा त्यस अवधिमा २८६ घरमा आंशिक र १३१ घरमा पूर्ण क्षति पुगेको छ। त्यस्तै ८५ वटा गोठमा क्षति पुगेको छ भने चट्याङ्‌का कारण १,२९८ पशु तथा चौपाय प्रभावित भएका छन्। देशभर विगत नौ वर्षमा २,०८८ वटा चट्याङ‌का घटना भएका छन्।

चट्याङ के हो ?
चट्याङ आकाशबाट जमिनतर्फ खस्ने विद्युतीय प्रवाह हो । दुईवटा विद्युतीय चार्जबीचको घर्षणबाट उत्पन्न हुने प्रकाश, ताप र ध्वनिको प्रवाह हो चट्याङ । वर्षायाममा वायुमण्डलमा विपरीत दिशाका तीव्र गतिको वायु एक–आपसमा ठोक्किदा वा घर्षण हुँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय तरंग उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन पनि हो ।

यो कति खतरनाक छ ?

चट्याङ लागेर मानिसको मृत्यु समेत हुन सक्छ । चट्याङ पर्दा २० हजारदेखि ३० हजार एम्पियर इलेक्ट्रिकल करेन्ट उत्पन्न हुन्छ । यो तपाईले वासिङमेसिन प्रयोग गर्दा आवश्यक पर्ने विद्युत भन्दा २३ सय गुणाले बढी हो ।

चट्याङ तीस हजार सेल्सियस भन्दा धेरै तापक्रममा पुग्छ जसको अर्थ यो सूर्यको सतहभन्दा पनि तातो हुन्छ । र, चट्याङ प्रतिसेकेण्ड ७५ माइल हावामा फैलन सक्छ ।यसको जोखिममा धेरै घर बाहिर हुने मानिसहरु पर्छन् । जस्तैः किसान, पैदलयात्रु, बाहिर काम गर्नेहरु र विभिन्न खेलाडीहरु ।

धेरैजसो चट्याङ पर्ने हावाहुरी आएको र बादल मडारिएको बेलामा हुन्छ र करिव बीस प्रतिशत जति चट्याङ आकाशबाट जमिनमा आइपुग्छ ।

तपाईलाई यसले प्रत्यक्ष लाग्न सक्छ भनेर मात्रै डराउन पर्दैन । तपाईको नजिकको कतै पनि चट्याङ पर्यो भने यसले तपाईलाई खतरामा पार्न सक्छ । किनभने यसले तपाईको वरिपरि धेरै ठूलो मात्रामा विद्युत छोड्न सक्छ । चट्याङले तपाई नजिक मार हानेर अन्तै मोडिन पनि सक्छ ।

चट्याङ कति टाढा परेको छ ?

धेरै मानिसहरु चट्याङ टाढा परेको सोचेर आफू सुरक्षित भएको ठान्छन् र त्यसै कारणले चट्याङबाट मारमा पर्न सक्छन् । यसबारेमा तपाईले याद गर्नुपर्ने कुरा चट्याङ कति टाढा छ भन्ने हो । यो तपाईले बिजुली चम्किएको र मेघ गर्जिएको बीचको अवधीको समय गनेर थाहा पाउन सक्नुहुन्छ ।

सामान्यरुपमा भन्नुपर्दा प्रत्येक तीन सेकेण्ड बराबर एक किलोमिटर दुरी हुन्छ । त्यसैले तपाईले नौ सेकेण्ड गन्नुभयो भने चट्याङ ३ किलोमिटर टाढा परेको छ । त्यसैले तपाईले बिजुली चम्किएको र मेघ गर्जिएको ३० सेकेण्डभित्र कुनै पनि ठाउामा ओत लागिहाल्नुपर्छ ।

चट्याङ पर्नुअघि के गर्ने ?

टेलिभिजन लगायतका सबै विद्युतीय उपकरणहरुलाई बन्द गरेर तार निकाल्नुहोस् । किनभने चट्याङ पर्दा पावर तलमाथि भएर तपाईको सामान बिग्रन सक्छ । सकेसम्म चााडो ओत खोज्नुहोस् । जब तपाईले गड्याङगुडुङको आवाज सुन्नुहुन्छ तपाई ओत लागि हाल्नुपर्छ ।

चट्याङले जहाा पनि मार हान्न सक्छ र तपाई त्यस्तो ठाउाको आसपासमा पनि हुन सक्नुहुन्छ । त्यसैले चट्याङले बिजुली चम्किएको १० माइल टाढासम्म मार हान्न सक्छ ।चट्याङ परेपछि के गर्ने ?

१, तपाई घरभित्र हुनुहुन्छ भने ल्याण्डलाइन टेलिफोन प्रयोग नगर्नुहोस् किनभने ल्याण्डलाइनमा विद्युत प्रवाह भएको हुन सक्छ ।

२, त्यसैगरी तपाईले धातुको पाइपबाट बनेका धाराहरु पनि प्रयोग नगर्नुहोस् किनभने यसमा पनि विद्युत प्रवाह हुन सक्छ ।

३, यदि बाहिर कुनै ओतविना हुनुहुन्छ तपाई धातुको सामानबाट टाढै रहनुहोस् र विद्युतीय सामानहरु आफूबाट करिब २० मिटर टाढा राख्नुहोस् ।

४, पानीबाट टाढा बस्नुहोस् किनभने पानीले पनि विद्युत प्रवाह गर्छ ।

५,रुख, खम्बा वा अन्य धातुका सामानहरु नभएको भुइामा बस्ने मिल्ने खुल्ला ठाउामा बस्नुहोस् । किनभने चट्याङ अग्ला वस्तुमा पर्ने सम्भावना बढी हुन्छ ।

६, सम्भव भए कारभित्र बस्नुहोस् । चट्याङ गाडीको धातुमा फैलन्छ र टायरको माध्यमबाट अर्थिङ हुन्छ ।

७, यदि तपाई चट्याङ पर्न सक्ने स्थानको नजिकै हुनुहुन्छ भने भुइातर्फ फर्केर घोप्टिनुहोस् । हातलाई घुाडाहरु राखेर टाउको त्यसको बिचमा राख्नुहोस् । जमिनलाई सकेसम्म थोरै छुनुहोस्, भुइामै सुत्न हुादैन ।

८, विशेषगरी विद्युत प्रवाह गर्न सक्ने धातुका सामानहरुबाट टाढै रहनुहोस् । जस्तैः गल्फ क्लब, छाता, मोटरसाइकल, साइकल तारबार आदि ।

९, यदि तपाईको कपाल उठेको अनुभव भयो भने फेरि तत्कालै पहिलेकै पोजिसनमा बस्नुहोस् ।

१०, चट्याङ पछि पनि बन्द भएका विद्युत लाइन र चुाडेका तारहरुबाट टाढा हुनुहोस् ।

यदि कसैलाई चट्याङ लाग्यो भने के गर्ने ?

यदि कसैलाई चट्याङ लाग्यो भने उनीहरुको शरीर जलेको हुन सक्छ । चट्याङले मुटुलाई असर गर्छ । त्यसैले चट्याङ लागेको मानिसको मुटुको धड्कन छ कि छैन परीक्षण गर्नुहोस् । एम्बुलेन्स वा स्वास्थ्यकर्मीलाई खबर गर्नुहोस् । उनीहरु आइपुग्न भन्दा पहिले तपाई अरु चट्याङ पर्नबाट जोखिम छैन भन्ने सुनिश्चित हुनुहोस् ।

उनीहरुको मुटुले काम गर्न छोडेको छ भने सीपीआर अपनाउनुहोस्, तपाईलाई इलेक्ट्रिक सक लाग्दैन । किनभने शरिरमा विद्युतीय चार्ज बसिराख्दैन ।

श्रोत : विभिन्न अनलाइनहरु

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 569

प्रतिक्रिया (०)

सम्बन्धित खबर