Aamsanchar

बाढीका कारण झापामा १०० भन्दा धेरै परिवार जोखिममा

Author Image
बुधवार, असोज ७, २०७७

फायल फोटो

झापा । गए रातीबाट निरन्तर परेको पानीका कारण झापाको विभिन्न क्षेत्रमा क्षती पुर्याएको छ ।

बुधबार झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ स्थित जीतबहादुर विसंखेको घरमा सिमलको रुख ढल्दा घर पूर्ण क्षती हुदाँ एक बाछीको मृत्यु भएको छ । बिहान ३ बजे देखि आज दिउसो ३ बजे सम्म लगातार परेको पानीका कारण धेरै ठाउँमा डुवान र नदी कटान भएको जिल्ला रेडक्रस झापाले बताएको छ ।

कनकाई नगरपालिका वडा नं ८ मा विरिङ नदिले पुल उत्तरको बाँध कटान गरेपछी सुकुम्बसीटोलका २० परिवार उच्च जोखिममा रहको वडाध्यक्ष प्रेमबहादुर कटुवालले जानकारी दिएका छन् ।

विरिङ नदीले नै बाह्रदशी गाउँपालिका वडा नं ७ तुलसीबारीेमा ६ घर विस्थापित बनाएको छ, हाल विस्थापित परिवार छिमेकीको शरणमा बस्दै आएको जानकारी प्राप्त भएको छ । उता गौरीगंज गाउँपालिका वाड नं २ मा कनकाई नदिले धान खेती कटान र स्थानिय १०० भन्दा बढी परिवारहरुलाई जोखिममा पारेको छ । नदीमा आएको बाढीका कारण भद्रपुर नगरपालिका पाठामारीमा ११२ नं सिमा स्तम्भ नजिक कटान भईरहेको स्थानियहरुले जानकारी दिएका छन् ।

झापाकै अर्को पालिका हल्दिबारी गाउँपालिका वाड नं ३ मा देउनिया खोलाले एक घर परिवारलाई पुर्ण विस्थापित बनाएको छ ।

प्रकोपमा परेकाहरुलाई तत्कालका लागि रेडक्रस झापाले त्रिपाल उपलब्ध गराएको रेडक्रम झापाका सभापति लोकराज ढकालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 350

प्रतिक्रिया (०)

सम्बन्धित खबर