Aamsanchar

ओरालो लाग्दै सुनको मूल्य

Author Image
बिहिवार, असोज ८, २०७७

काठमाडौँ। असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार आठ सय रुपियाँ कायम भएको छ । बुधबार बिहान नेपाली समयअनुसार १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १८८९ डलर पुगेका आधारमा उक्त मूल्य तय भएको हो । नेपालमा सुनको मूल्य भने भारतीय बजारमा भर पर्दै आएको छ ।

यसअघि गत भदौ ३१ गते छापावाल सुनका मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपियाँ कायम भएकोे थियो भने असोज १ गते ९६ हजार छ सय रुपियाँ मूल्य तय भएको थियो । त्यसपछि मङ्गलबार ९५ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

कोभिड–१९ को महामारी फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा नै पहेँलो धातुको मूल्य आकाशिँदै गएपछि नेपाली बजारमा पनि मूल्य बढ्दै प्रतितोला एक लाख तीन हजार रुपियाँभन्दा माथि पुगेको थियो । अहिले तुलनात्मक रूपमा डलर बलियो हुँदै गएको अन्तर्राष्ट्रिय बजारमा नै सुन बोलकबोलबाट बिक्री हुन थालेकाले मूल्य घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा नै आगामी अक्टोबर १५ सम्ममा सुन बजारमा करेक्सन आउने अनुमान गरिएको छ । अहिले दैनिक ४० देखि ५० डलरसम्म मूल्यमा कमी आउन थालेको छ । यस्तै क्रम रहेमा नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँसम्म हुनसक्ने शाक्यको अनुमान रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, पौष २६, २०८१
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१