Aamsanchar

पछिल्लो २४ घण्टामा थप १३१३ जनामा संक्रमण पुष्टि

Author Image
शुक्रवार, असोज ९, २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ । ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जना छन् ।

यस्तै मोरङका ६९ जना, चितवनका ६७, रुपन्देहीका ६१, महोत्तरीका ५५, सर्लाहीका ३९, बाँकेका ३२, सुनसरीका २८, अछाम र बझाङका २५/२५ जना, नवलपुरका २४, कास्कीका १९, गोरखाका १६, पर्साका १५, झापा र सल्यानका १४/१४ जना, सिराहा र प्युठानका १३/ १३ जना, धनुषाका ११, बाराका १०, मकवानपुर, दाङ र सुर्खेतका ९/९ जनामा संक्रमण पुष्टि भएको छ ।

बाग्लुङका ८ जना, काभ्रेका ७ जना, कपिलवस्तु, गुल्मी, पाल्पा, बर्दिया र कैलालीका ६ / ६ जना, लमजुङका ५ जना, धादिङ, रामेछाप, स्याङ्जा र अर्घाखाँचीका ४ / ४ जना, खोटाङ, सप्तरी र नुवाकोटका ३ / ३ जना, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी र डोटीका २ / २ जना तथा ताप्लेजुङ, तेह्रथुम, रौतहट, दोलखा तनहुँ, दैलेख, कञ्चनपुर र दार्चुलाका १ / १ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

 

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर