Aamsanchar

मामाघरको चार तलामाथिबाट खसेर बिर्तामोडमा एक बालिकाको मृत्यु

Author Image
शुक्रवार, असोज ९, २०७७

विर्तामोड । मामा घर आएकी एक जना बालिकाको चार तलामाथिबाट खसेर मृत्यु भएको छ । बिर्तामोड–५ की १३ वर्षीया कृतिका भण्डारीको मावली घरको छतबाट झर्दा मृत्यु भएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले विहीवार राति १० बजे मामा दुर्गा थपलियाको घरमा उक्त दुर्घटना भएको बताए । थापाका अनुसार राति १० बजे खाना खाइसकेपछि चारतले छतमा गई तल हेर्ने क्रममा अचानक लडेर भण्डारी गम्भीर घाइते भएकी थिइन्।

घाइते अवस्थामा तत्काल उपचारार्थ बीएन्डसी हस्पिटल लैजादै गर्दा बाटोमै उनको मृत्यु भयो । उनी काठमाडौंबाट ५ दिन अघि मात्र मामाघर आइपुगेकी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर