Aamsanchar

गत २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमित भन्दा मुक्त हुनेको संख्या बढी

Author Image
शनिवार, असोज १०, २०७७

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् ।

देशमा कोरोना संक्रमितको ढुलो संख्या सार्वजनिक भईरहदा प्रदेश १ मा शनिबार ११९ जना डिस्चार्ज भएका छन् यो संख्या गत २४ घण्टामा संक्रमित हुनेको संख्या भन्दा १३ जना बढी कोरोना मुक्त भएका हुन् ।

प्रदेश १ मा होम आईसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन, ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन, विराटनगर र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १–१ जना संक्रमण मुक्त भएका हुन । यो सँगै प्रदेश १ मा संक्रमण मुक्त हुनेको संख्या २ हजार ७८८ पुगेको छ ।

प्रदेश १ मा आज ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर