Aamsanchar

अर्जुनधारामा वडाध्यक्षकै बारीमा लगेर गोरू काट्ने तीनजना पक्राउ

Author Image
शनिवार, असोज १०, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारीमा गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय युवाहरू २० बर्षीय ईमन तामाङ, २७ बर्षीय वीरबहादुर दनुवार र २७ कै टिकाराम दनुवार रहेका छन् ।

अर्जुनधारा ५ नम्बर वडाध्यक्ष ध्यानबहादुर भारतीको उखुबारीमा हिजो राति गोरु काटेको खबर पाएपछि प्रहरी चौकी शनिश्चरेको टोली घटनास्थल पुगेको थियो । उनीहरुले गोरु काटेर टाउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको फेला परेको प्रहरी चौकी शनिश्चरेका इन्चार्ज सूर्य बस्नेतले बताए ।

प्रहरीले घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनामनीमा बुझाएको छ । घटनामा संलग्न अन्य तीन जना फरार रहेको बताइएको छ । उनीहरु बालक रहेको प्रहरी भनाइ छ ।

गोरु काटेकै बिषयमा गत महिना झापाको कामाटोलीमा ठुलै तनाव सृजना भएको थियो । उत्पन्न घटनामा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तीले मृत्यु वरण गर्नु पर्यो । एक महिना नवित्दै गोरु हत्याको अर्को घटना सार्वजनिक हुनुले प्रचलित कानूनको बारेमा सर्बसाधारणमा ज्ञानको अभाव  र सरकारले सुसुचित गराउन नसकेको प्रष्ट हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर