दमक । घुस, अनिमियतालाई नियन्त्रण गर्ने निकायकै कर्मचारी घुस काण्डमा मुछिनु समाज र देशको लागि निकै ठुलो धोका र लज्जाको विषय मानिने गरेको छ । भ्रष्टचारमा दमकका केही प्रहरीहरु मुछिएकोले नागरिकको नजरमा प्रहरीको छवीमा दाग लागेको अवस्थामा प्रहरी विभागले घुस अभियोग लागेका प्रहरीलाई निलम्बन सम्मको कार्वाही गरेपछी नागरिकको नजरमा दमक प्रहरीको साख बचेको छ ।
घुस लिएको अभियोग लागेपछि इलाका प्रहरी कार्यालय दमकका चारजना प्रहरी निलम्बनमा परेका छन् । उनीहरु माथि विभागीय छानबिन सुरु भएको छ । निलम्बनमा पर्नेहरुमा प्रहरी सहायक निरीक्षक भरत कोइराला, हवल्दार शिवचन्द्र मुखिया, जवान भीमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल छन्।
मल व्यापारीसँग ६५ हजार घुस लिएको खुलेपछि उनीहरुमाथि विभागीय कारबाही सुरु गरिएको हो । आवश्यक छानवनका लागि उनीहरुलाई निलम्बन गरिएको दमकका प्रहरी प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।