अप्रिल महिनामा नेपालको हिमाल आरोहणका आउन तयार जापानी समुह यसवर्ष कोरोना महामारीका कारणले आआफ्नै घरघरमा नै संकुचित हुन पुगे, यस्ता कथाहरु यसवर्ष धेरैको छ । नेपालकी दृष्टि अधिकारी यसवर्ष पैदलयात्राका लागि लापा उपत्यका हुँदै गणेश हिमालको काखैसम्म पुग्ने योजनामा थिइन तर अब अवस्था सामान्य नहुन्जेलसम्म यी कुराहरु थाती राख्नुपर्ने भयो ।
ठूलाठूला होटलहरु बन्द हुने संघारमा छन्, त्यहाँ कार्यरत कर्मचारीहरुको तलब कम गरिएको छ, कोठाहरु पाहुनाको प्रतिक्षामा छन् अनि पाहुनाहरु अवसरको प्रतिक्षामा तर पर्यटन यसवर्ष केवल एउटा सपना मात्र भयो ।
ए ३८० जस्ता भिमकाय बिमानहरु ग्राउण्डेड गरिएको छ, हवाईअड्डाहरु शून्य छन्, यसवर्ष सर्वाधिक धेरै असर यस कोरोना भाइरसले कहिँकतै गरेको छ भनें त्यो पर्यटन हो । स्मरण रहोस्, पर्यटन विश्वकै सर्वाधिक ठूलो ब्यवसाय हो, यसवर्ष यस व्यसवायका हरेक पाटाहरु नराम्रोसंग थलिएका छन् । अब पछि जुर्मुराउने जर्मकोका साथ, विश्व पर्यटन दिवसको सबैलाई संझना गराउन चाहन्छु ।
सबैकालागी पर्यटनः पहुचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्वर २७ का दिन अन्तराष्ट्रिय पर्यटन दिवस मनाइन्छ । पर्यटन वास्तवमा संसारको सबैभन्दा ठूलो उधोग हो, हामी घरमा वसिरहेका छौ या कतै यात्रा गर्दै छौ, हुन सक्छ कुनै अपांगता या चोटपटकका कारणले या साना वच्चाहरुको भएका कारणले कुनै परिवार या धेरै पाका उमेर भएका कारणले वृद्ध वृद्धाहरु कहिकतै घुम्न जान या पर्यटनको लाभउठाउनालागी वञ्चित भइरहेका होलान, तर ढिलो या चाडो पर्यटनको विश्वब्यापी सहज पहुँच र पर्यटनको फाइदा सबैजनाले प्राप्तगर्न पाउनुपर्दछ ।
सहज पर्यटन संसारका सबैजनाको पहुचमा हुनुपर्दछ जस्ले गर्दा हामी वाचेको यस ग्रह पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्नसकुन, अन्तराष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्व र सहज पहुच अनि पर्यटनको सामाजिक, सास्कृतिक, धार्मिक र आर्थिक फाइदाकावारेमा ब्यापक रुपमा जानकारी र छलफल गरिन्छ ।
अतिथि देवो भवः अर्थात पाहुना हाम्रा भगवान हुन । नेपाल एउटा पर्यटकीय गन्तब्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सास्कृतीक विविधता लगायत शान्तिप्रय वुद्धभुमीका शालिन हामी नेपालीहरुनै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउनेगर्दछन, तर पर्यटनको अधिक संभावना हुदाहुदै पनि नेपालले पर्यटनवाट उचित लाभ लिन सकेको छैन ।
पर्यटक तपाइहामीमध्य सबैजना हुनसक्छौ, विदेश जानुमात्र पर्यटन हैन, आफ्नै देश भित्र पनि हामी नया नया ठाउ गएर पर्यटन गर्नसक्दछौ, घुम्नलाई पोखरा, नगरकोट अनि कुनै नयाँ ठाउ गएर केहि समय वसेर हामीले नया कुरा जान्न पाउछौ, मनमा शान्ति पाउछौ अनि नयाँपनाको आभाषका साथै जिवन जिउने थप कारणहरु अनि रोमाञ्चकता पाउदछौ । हामीमध्य धेरैजना अझै पनि घुम्नु या नयाँ ठाउ कुनै विशेष कारण विनानै अवलोकन भ्रमणगर्नुलाई अनि पर्यटनलाई उत्ति महत्व दिएर हेर्दैनौ, खास्मा नयाँ ठाउको भ्रमण र अवलोकनगर्नु भनेको स्वस्थ्य मानसिकता, सकारात्मक सोचाई, ब्यवहारको विकास, संवेग र तनावको उचित ब्यस्थापनकालागी एकदमै जरुरी छ । वेलावखतमा पर्यटनलाई आवश्यक्ता या विलासी के हो भनेर वादविवाद भइरहेको पाइएतापनि पर्यटनले पर्यटकहरुमा नया उत्साह र ज्ञान अनि गन्तब्यमा आर्थिक र सामाजिक विकास भइरहेको हुन्छ ।
जिवनको अर्थ पक्कै पनि संकुचित छैन, ब्यापक परिवेशमा जिवनको अर्थ भनेको नयाँ कुरा बुझनु, नयाँ ठाउ जानु अनि सकेसम्म वढी ज्ञान र अनुभवहरु प्राप्त गर्नु पनि हो । मार्को पोलो, भास्को डिगामा, क्याप्टेन कुक लगायतहरु, जस्को अन्वेषण र भ्रमणले संसारमा सँस्कार, सभ्यता र विकासको लहर फैलाएको छ, उनिहरु पनि एकहिसाबले नयाँ कुरा पत्ता लगाउन र नयाँ ठाउको खोजीगर्न निस्केका थिए र संसारलाई जोडेर गए तसर्थपनि भ्रमण गर्न र नयाँ कुरा सिक्न पछी नपरौ । अर्कोतर्फ पर्यटनले गर्दा देशमा विदेशी मुद्राको आर्जन, रोजगारीको श्रृजना, सार्वजनिक र ब्यक्तिगत आयको श्रोत, सास्कृतीक आदानप्रदान अनि राष्ट्रको छवी वढाउन सहयोग गर्दछ । पर्यटक हाम्रा पाहुना हुन हृदय देखि स्वागत गरौँ, आतिथ्य कायम रहोस, पोष्ट कोभिड विश्वमा शुरु हुने र भएको फरक धारको अनि संक्रमण शून्यता सहितको पर्यटनको आत्मसाथ होस्। शुभकामना ।