Aamsanchar

तेवतियाले देखाए कमाल, २ सय २४ रनको लक्ष्य पछ्याउँदै राजस्थानको कीर्तिमान

Author Image
सोमवार, असोज १२, २०७७

यतीवेला लाखौं युव तथा खेलप्रेमीहरुको लागि उत्सवनै बनेको इन्डियन प्रिमियर लिग (आईपीएल) को नवौँ खेलमा राजस्थान रोयल्सले लिगको सबैभन्दा ठूलो लक्ष्य पछ्याउन सफल रह्यो । पञ्जाबले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याउँदै राजस्थानले ४ विकेटले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । यसअघि, सन् २००८ मा डेक्कन चार्जसविरुद्ध राजस्थानले २ सय १५ रनको लक्ष्य सफलतापूर्वक पछ्याउन सफल रहेको थियो ।

राजस्थानको जीतमा राहुल तेवतिया नायक बने । उनले विष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ७ छक्काको मद्दतले ५३ रन बनाए । राजस्थानलाई जीतका लागि १८ बलमा ५१ रन आवश्यक रहेको बेला उनले शेल्डन कार्टेलको एक ओभरमा ५ वटा छक्का हिर्काउँदै खेल राजस्थानको पक्षमा मोडेका थिए ।

राहुल तेवतियाको शुरुवात सुस्त रह्यो । शुरुवाती १९ बलमा उनले मात्र ८ रन बनाउन सके । तर, त्यसपछि उत्कृष्ट ब्याटिङ गर्दै उनले १२ बलमा ४५ रन जोडे ।

आईपीएलको इतिहासमा पहिलो पटक एक इनिङको अन्तिम ५ ओभरमा कुनै टोलीले ८६ रन बनायो । यसअघि सन् २०१२ मा चेन्नई सुपर किंग्सले बैंग्लुरुविरुद्ध ७७ रन बनाएको थियो ।

टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले २ विकेटको क्षतिमा २ सय २३ रन बनायो । पञ्जाबका लागि मयंक अग्रावालले मात्र ५० बलमा १ सय ६ रन बनाए । त्यस्तै, कप्तान केएल राहुलले ६९ रन बनाउँदै पहिलो विकेटका लागि १ सय ८३ रनको साझेदारी गरे । अग्रवाल आईपीएलमा सबैभन्दा चाँडो शतक बनाउने दोस्रो भारतीय बने । उनीभन्दा अघि युसुफ पठानले सन् २०१० मा ३७ बलमा मुम्बईविरुद्ध शतक बनाएका थिए । यस सूचीमा क्रिस गेल शीर्ष स्थानमा छन् । उनले सन् २०१३ मा पुणेविरुद्ध ३० बलमा शतक बनाएका थिए ।

पञ्जाबले प्रस्तुत गरेको लक्ष्य पछ्याउन कप्तान स्टिभ स्मिथले ५० तथा सञ्जु स्याम्सनले ८५ रनको योगदान दिए । २ सयभन्दा बढी रन बनाएर पञ्जाब पराजित भएको यो दोस्रो पटक हो । यसमा बैंग्लुरुले सबैभन्दा बढी ३ खेल हारेको छ ।

आज बैंग्लुरु र मुम्बईबीचको खेल हुनेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर