Aamsanchar

नेपाल उद्यमशिल महिला संघ झापाको अधिवेशन सम्पन्न, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष को जिम्मेवारी पुरानैलाई

Author Image
सोमवार, असोज १२, २०७७

चारपाने । नेपाल उद्यमशिल महिला संघ झापाको तेस्रो साधारण सभा तथा  अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमामा पुनः पार्वता विमली सर्वसम्वत चयन भएकी छिन् । त्यसैगरी कार्यसमितिमा पद फेरबदल भएपनि पदाधिकारीहरुमा धेरै जसो पुरानै नामलाई  निरन्तरता दिईएको छ ।

वरिष्ठ उपाध्यक्षमा निरमाया पुलामीलाई पुन : जिम्मेवारी प्राप्त भएको छ । प्रथम उपाध्यक्ष कुसुम राई, द्वतिय उपाध्यक्ष ऐश्वर्या पाण्डे, महासचिवमा यसोदा प्रसाई भट्टराई, सचिव देवीमाया पोखरेल, कोषाध्यक्ष सुशिला पाठक सर्वसम्वत निर्वातिच भएका छन् ।  त्यसैगरी कार्यसमिति सदस्यहरुमा कमला सिवाकोटी, ईन्दु सुवेदी अधिकारी, संगीता चिमरिया, उमा सुवेदी बस्नेत, बिमला न्यौपाने, सिसाम साह, कमला पौडेल, बिना थापा घिमिरे, नीरा कट्टेल र सपना बास्तोला चयन भएका छन् ।

सोमबार बिर्तामोडमा आयोजित सभालाई सम्बोदन गर्दै प्रमुख अतिथि एवं बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईले नेपाल उद्यमशिल महिला संघमा आवद्ध महिलाहरु स्यंम आत्मनिर्भर बन्नु भएको छ, व्यापार, उद्योगमा महिलाहरुकोे नेतृत्व देख्दा आम महिलाहरुमा पनि हौसला पुगेको छ, विगतको दिनमा भन्दा क्रमस यस संघमा उद्यमी महिलाहरुको उपस्थिती बढदै जानु एक प्रमाण पनि हो, यसैगरी हरेक ठाउँबाट महिलाहरु अघि बढनु पर्छ, महिलालाई आत्म निर्भर बनाउने बिभिन्न कार्यक्रमहरु सरकारले पनि ल्याएको छ, ति अबसर हरुलाई अधिकतम् उपयोग गर्न महिलाहरु चुक्नु नहुने प्रमुख अतिथि महतराले सुझाव दिएकी थिईन् ।

कार्यक्रममा चेम्बर अफ झापाका अध्यक्ष ओमकृष्ण बिमली, महिला चेम्बर अफ झापाकी अध्यक्ष प्रेमा भट्टराई, नेपाल अलैंची व्यावसायी महासंघका महासचिव सुभास भट्टराई, लायन्स क्लव एरिया चियर पर्सन सैलेन्द्र कुरुङम्बाङ, लायन्स क्लवअफ बिर्तामोड अध्यक्ष उर्मिला खरेल, नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारी, नेपाल प्रेस युनियन झापाकी अध्यक्ष ईन्दु पुर्वेली लगायतले मन्तव्य राखेका थिए ।

खुल्लासत्र कार्यक्रममा सदस्य भिमा सिवाकोटीले औचित्यमाथी प्रकास पारेकी थिईन भने स्वागत वरिष्ठ उपाध्यक्ष पुलामीले गरेकी थिईन, कार्यक्रमको संचलन निवर्तमान महासचिव सावित्रा दाहाल भट्टराईले गरेकी थिईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 505

प्रतिक्रिया (०)

सम्बन्धित खबर