Aamsanchar

बिर्तामोडमा नयाँ सिडियो संग समसामायिक विषयमा छलफल र सामाजिक अभियन्तालाई सम्मान

Author Image
मङ्गलवार, असोज १३, २०७७

चारपाने । झापाका नयाँ सिडियो श्रवणकुमार तिमिल्सिना र बिर्तामोडका सामाजिक संघ संस्थाका प्रतिनिधी बीच जिल्लाको समसामायिक विषयमा छलफल र परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममै झापाका एक सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई सम्मान पनि गरिएको छ । गिरीले झापामा आयोजना भएका ठुला ठुला सामाजिक अभियानको संयोजक बनेर काम गरिसकेका छन् । भर्खरै राष्ट्रपतिबाट समाजसेवा रत्नबाट सम्मानित हुने व्यक्ती को नाममा पर्न सफल व्यक्ती पनि हुँन ।

सम्वाद समूहको आयोजनामा आयोजित कार्यक्रममा स्थानिय दर्जन भन्दा धेरै संघ संस्थाका प्रमुख, प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सम्वाद समूह यूवा संयोजक, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी झापाका प्रमुख कृष्णप्रसाद कोईराला, सशस्त्र प्रहरी झापाका प्रमुख रमेशकुमार पाण्डे, अनुसन्धान उपनिर्देशक तिलक प्रसाई, इलाका प्रहरी बिर्तामोड प्रमुख मुकुन्द रिजाल, जिल्ला ट्राफिक प्रमुख प्रकाश जवेगुले सामाजिक अभियन्ता गिरीलाई सम्मान गरेका थिए । त्यसैगरी उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, मेची पेट्रोलियम व्यवसायी संघका अध्यक्ष नविन कोईराला, युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेल, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, चेम्बर अफ झापाका अध्यक्ष ओमकृष्ण विमली, नेपाल उद्यमशिल महिला संघ झापा अध्यक्ष पार्वता विमली, एविसी नेपालकी अध्यक्ष कञ्चना सिटौला लगायतको उपस्थिीले प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई स्वागत र सामाजिक अभियन्ता गिरीलाई सममान गरेका थिए ।

कार्यक्रमको सहजीकरण सम्वाद समूहका सहजकर्ता नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र सहज कर्ता खगेन्द्र खरेलले गरेका थिए ।

Views: 329

प्रतिक्रिया (०)

सम्बन्धित खबर