Aamsanchar

झापामा प्रदेश १ कै पहिलो पाँचतारे होटल संचालनमा

Author Image
बुधवार, असोज १४, २०७७

बिर्तामोड । झापाको मेचीनगर स्थित धुलाबारीमा पाँचतारे होटल संचालनमा आएको छ ।

प्रदेश नम्बर १ मै पहिलो पाँचतारे ‘होटल मेची क्राउन बाई द पीक’ संचालनमा आएको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।


कुल डेढ अर्व लागतमा निर्माण गरिएको होटल झापाको लागि एक गहनाको रुपमा स्थापित भएको छ ।  आठ बिघा क्षेत्रफलमा फैलिएको होटल समकालिन शैलिको बास्तुकला प्रयोग गरेर निर्माण गरिएको छ ।

फराकिलो बगैंचा  (पार्क) विशाल पानी फोहोरा, हावा घर, हेलीपेड, ५ सय भन्दा धेरै सवारी आट्ने पार्किङ क्षेत्र त्यहाँका बाहिरी आर्कषणहरु हुन् । त्यसैगरी १ सय ५ वटा सयन कक्षहरु रहेको छ । जसमा ५ वटा मेची सुइट्स, १० वटा एगजुकेटिभ, १९ वटा मेची क्लव र ७१ वटा डिलक्स रुम रहेको बताईएको छ ।

सम्पन्न वर्गलाई लक्षित गरेर सुरु गरिएको होटलमा नेपाली ४० प्रतिशत र ६० प्रतिशत विदेशी सेवाग्राही आउने अनुमान गरेको होटल व्यवस्थापन समूहले जानकारी दिएको छ ।

विवाह, बैठक, सम्मेलन, सेमिनार जस्ता कार्यक्रमहरु होटलको प्रार्थमितामा पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
होटल संचालनमा आए पनि क्यासिनो भने संचालनमा आएको छैन । क्यासिनो संचालनमा आएपछी करिव ९ सय नेपालीहरुले रोजगार पाउने बताईएको छ ।

होटलले विभिन्न अन्य सेवाहरुलाई पनि अघि सारेको छ । बेसक्याम्प, द मेचे बार, सगरमाथा बलरुम, कञ्चनजंगा हल, हाम्रो इस्थिइभा स्पा ९ मुख्य हुन् । होटलले विभिन्न अन्य सेवाहरुलाई पनि अघि सारेको छ । बेसक्याम्प, द मेचे बार, सगरमाथा बलरुम, कञ्चनजंगा हल, हाम्रो इस्थिइभा स्पा ९ मुख्य हुन् ।

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर