

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १० लाख ४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४ हजार ४२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार २४० संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ४२ हजार १८९ संक्रमितको पहिचान भएको छ ।
हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३५ लाख २ हजार ४३० पुगेको छ ।

Views: 246

