Aamsanchar

बलात्कारीलाई कडा कानूनको माग गर्दै बिर्तामोडमा सम्झना कामीको शोक सभा

Author Image
बिहिवार, असोज १५, २०७७

चारपाने । झापाको विर्तामोडमा युवा युवतीहरुले सरकारको निस्क्रियतामाथी प्रश्न गर्दै खबरदारी गरेका छन् ।

बलात्कार पछि हत्या गरिएकी सम्झना कामी (विक) को बलात्कार र हत्यामा संलग्नलाई कडा कारवाहीको माग गर्दै स्वतन्त्र युवा युवतीहरुले अब अति भयो, के पुरुषको अधिकार भित्र रेप पनि पर्छ, उठ उठ नारी हो अब डर छैन जस्ता नारा गुन्जयमान गरेर खबरदारी सभा गरेका थिए ।
कवितामा नृत्य प्रस्तुत गरेर अनौठो तरिकाले सरकारलाई व्याङगे प्रस्तुत गरिएको थियो । नारायण कडरिया, प्रकाश दाहाल, प्रज्ञा प्रधान लगायतले चेतनामुलक कविता र गीत प्रस्तुत गरेका थिए ।

विभिन्न प्लेकार्ड बोकेर कडा स्वरमा नारासहितको र्यालीले विर्तामोड नगर परिक्रमा गरी मुक्तिचोकमा पुगेर कोण सभामा परिणत भएको थियो। बझाङको मस्टा गाउँपालिका वडा नं.–२ की सम्झना विकको गत असोज ७ गते स्थानीय राजेन्द्र बोहराले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् ।
न्यायका लागि खबरदारी गर्न एकै समयमा एकै स्थानमा दुई समूहले बढदो बलत्कारको घटना नियन्त्रणको लागि प्रधानमन्त्री, गृहमन्त्रीको ध्यान आर्कषण गराएका थिए ।
बैज्ञानिक समाजवादी पार्टी प्रदेश–१ को आयोजनामा भएको छुट्टै विरोध कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले बलात्कारीलाई कडा भन्दा कडा कारवाहीको माग गरेकी थिईन ।

न्यायका लागि खबरदारीद्वारा आयोजित सभामा बोल्दै झापाका युवा नारायण कडरियाले संविधान अनुसार सरकारले महिला, दलित तल्लो वर्गलाई न्याय दिन नसकेको बताउँदै महिलाले अझै पनि दास भएर बाँच्नु परेको बताएका थिए ।

 

छोरी चेलीलाई ढुक्क भएर कतै पनि पठाउन सक्ने अवस्था नरहेको बताउँदै कडरियाले यस्तो अवस्था आउनु आम नेपालीका लागि लज्जास्पद भएको बताए ।
सबैका लागि बनेको संविधान सरकार र ठूला मान्छेका लागि मात्र भएको बताउँदै कडरियाले छोरी चेली र पिछडिएका वर्गको संरक्षण गर्न नसक्ने संविधानको काम नरहेकोमा दुख व्यक्त गरेका थिए ।

कार्यक्रम करिव एक घण्टा भएको थियो । सो अवधिका सवारी आवगमनमा केही समस्या पुगेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 451

प्रतिक्रिया (०)

सम्बन्धित खबर