Aamsanchar

अर्बपती  एलन मस्कको घोषणा, कोरोनाको भ्याक्सिन आफू र परिवारमा नलगाउने

Author Image
शुक्रवार, असोज १६, २०७७

संसारभरीको अर्थव्यवस्थामा कोभिड–१९ का कारण मन्दी आएको छ । एक तरिकाले भन्ने हो भने पूरा संसार भ्याक्सिनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यस्तोमा अमेरिकाका अर्बपति व्यापारी एलन मस्कले उनी र उनको परिवार भ्याक्सिनको प्रयोग नगर्ने घोषणा गरेका छन् । उनले यो भाइरसलाई बढाई चढाई भनिएको र योसँग डराउन पर्ने कुनै आवश्यकता नभएको दाबी गरेका छन् ।

यस्तो किन भनिरहेका छन् मस्क ?

न्यूयोर्क टाइम्स विचार खण्ड ‘स्वे’ कार्यक्रमको पोडकास्टमा स्पेस एक्स, टेस्ला र न्यूरलिंकका संस्थापक मस्कले न आफूलाई न त उनको परिवारलाई भाइरसको जोखिम भएको बताएका छन् । हुन त मस्कले यो भाइरसलाई रोक्नका लागि अपनाइएको उपायमा असन्तुष्टि पोखेको यो पहिलो घटना भने होइन ।

यसअघि पनि मस्कले अमेरिकासमेत संसारभरी लगाइएको लकडाउनको विषयमा आफ्नो असन्तुष्टि जनाएका थिए । उनले भाइरसलाई बढाई चढाई पेश गरिएको बताएका छन् । यसका कारण थुप्र्र्रैको ज्यान गइरहेको छ त भनेर प्रश्न सोधिँदा उनले भने, ‘जसले जन्म लिएका छन्, उनीको मृत्यु अवश्य हुनेछ ।’

मस्कले दाबी गरे अनुसार महामारीका कारण उनको स्पेस टेक्नोलोजी कम्पनी स्पेसएक्समा एक दिन पनि काम प्रभावित भएको छैन । महामारीमा स्पेसएक्सले नासाका अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाए । यस्तो गर्ने संसारको यो पहिलो नीजि कम्पनी बनेको छ ।

मस्कका अनुसार लकडाउन लगाएर सबैलाई घर बस्न दिनु राम्रो तरिका होइन । जो संक्रमणको उच्च जोखिममा छन्, उनीहरुलाई यो आँधी समाप्त होउञ्जेल क्वारेन्टिनमा राख्नुपर्छ । सबै घरमा बस्न आवश्यक छैन । उनले भने, ‘खैर, जे भयो भयो । अब योसँग डराउन आवश्यक छैन ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर