अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेललाई बिदाई गरिएको । २ बर्षे सेवा अवधीमा अधिकृत भुर्तेलबाट उत्कृष्ठ कार्यसम्पादन भएको भन्दै नगरसहित नगरका विभिन्न संघ/संस्थाले शुक्रवार भुर्तेललाई बिदाई गरेका हुन् ।
नगरले प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले नगरमा रहँदा गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्रसहित बिदाई गरेको छ । बिदाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले अर्जुनधारामा काम गर्दा सन्तुष्ट भएको बताए । ‘अर्जुनधारामा काम गर्न असहज हुने सुनेको थिए’ प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले भने ‘तर, त्यो वातावरण भएन ।’ आफु आउँदा ४२/४३ कर्मचारी भएको बताउँदै उनले भने ‘हाल ३ सयदेखि ३ सय ५० जना कर्मचारी छन् ।’ उनले प्रदेशमा सरुवाको माग गरे बमोजिम सरुवा भएकोमा खुसी व्यक्त गरे ।
अर्जुनधाराका नगर प्रमुख, उपप्रमुख, सवै जनप्रतिनिधि, कर्मचारीहरुसँग सहज वातावरण भएको बताए । उनले सरुवा भएपनि यस नगरका लागि सकेसम्म सहयोग गर्ने प्रतिवद्धता गरे । उनी प्रदेश नं. १ विराटनगरमा मुख्यमन्त्री कार्यालयमा उप सचिव पदमा बढुवा भई सरुवा भएका छन् ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको बिदाई समारोहमा जनप्रतिनिधिका तर्फबाट उप मेयर कमला आचार्य खतिवडा, पत्रकारका तर्फवाट अग्रज पत्रकार कृष्ण हुमागाई, अर्जुनधारा शिक्षक महासंघका तर्फबाट अध्यक्ष पुन्य सुवेदीलगायतले सु–स्वास्थ्य, दीर्घायुसहित उन्नतीप्रगतिसहित उज्यल भविश्यको कामना गर्दै बिदाई गरेका थिए ।
कर्मचारीका तर्फबाट बोल्दै नगरका लेखा अधिकृत रामचन्द्र घिमिरेले भुर्तेलले असल अभिभावकको भुमिका निर्वाह गरेको बताए । भुर्तेलले समय अनुसार परिस्थितिलाई बुझेर सवै कर्मचारीलाई समान व्यवहारसहित प्रेराणादायिक कार्य गरेको बताए । सोही कार्यक्रमकावीच जनप्रतिनिधि रमेश त्रिखत्रीले बिदाई गीत समेत प्रस्तुत गरेका थिए ।