Aamsanchar

सन्तोषले दिएको सेनिटाइटर र माक्स लाउदा बिद्यार्थी दंग

Author Image
आइतवार, असोज १८, २०७७


झिलझिले–सामाजिक अभियन्ता सन्तोष थोप्रा (सेन्ट्रो) ले शिवसताक्षी नगरको एक सामुदायीक विद्यालयका विद्यार्थीलाई कोरोना कोभिड १९को संक्रमणबाट जोगाउन सेनिटाइटर र माक्स प्रदान गरेका छन् ।  वेलकम सताक्षीको अनुरोधमा शिवसताक्षी ९ घर भएका लायन्स क्लब अफ शिवसताक्षीका निवर्तमान अध्यक्ष थोप्राले २५० थान माक्स र ४ थान गुणस्तरीय सेनिटाइजर प्रदान गरेका हुन् । पहिलो पटक शिवसताक्षीमा अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन सुरु गरेको सरस्वती प्राथमिक विद्यालयका छात्र छात्रालाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

वडा नम्बर ८ को सो सामुदायीक विद्यालयका छात्र छात्राले माक्स र सेनिटाइजर पाए पछि खुसीले गद्गद् भएका थिए । । उनले प्रदान गरेको स्वास्थ्य सामाग्री जेष्ठ नागरिक नारददास उप्रेतीले विद्यालयका प्रधानाध्यापक देवीबहादुर कार्कीलाई प्रदान गरेका थिए ।  कोरोनाका कारण सरकारले आव्हान गरेको ३ महिने लकडाउनका कारण बिहान बेलुकी हात मुख जोड्न मुस्कील भएका सर्वसाधरण नागरिकलाई उनले खाद्यन्न लगायतका सामाग्री राहत प्रदान गरेका थिए । सामाजिक अभियन्ता थोप्राले लकडाउनको बखत अग्रभागमा कार्यरत स्वास्थ्यकर्मी र जेष्ठ नागरिकलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेका थिए ।

पाँच वर्षदेखि सामाजिक सेवामा कार्यरत थोप्रा ईम्युनिटी नेपालका संस्थापक हुन् । भुकम्प, बाढी पहिरो, हावाहुरी लगायतका प्रकोपमा परेका सर्वसाधरण नेपालीलाई उनले उद्धार, सहयोग र पुर्नस्थापना गर्ने गरेका छन् । थोप्राले सडक बालबालिकाको पुर्नस्थापनाका लागि केहि वर्षअघि अभियान संचालन गरेका थिए । उनले भने, ‘ बिपतमा परेका सर्वसाधरणलाई उद्धार, सहयोग र पुनस्थापनका लागि जतिबेलै पनि तयार छु ।’ युरोप लगायतका मुलुकमा रहेका आफन्तले पठाएको रुपैयाँबाट थोप्राले समाज रुपान्तरणका काम गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर