Aamsanchar

मोटरसाइकलको ठक्करबाट मोरङमा सशस्त्रका असईको मृत्यु

Author Image
आइतवार, असोज १८, २०७७

विराटनगर – मोरङको बुढीगंगा गाँउपालिका–१ टंकीसिनवारीमा मोटरसाइकलको ठक्करबाट एक सशस्त्र प्रहरी सहायक निरीक्षक ९असई०को मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको हो। तावाहाङ पाँचथरमा कार्यररत सशस्त्र प्रहरीका सहायक निरीक्षक रहेको मोरङ प्रहरीले जनाएको छ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले शनिबार राति ९ः२० बजे ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका तावाहाङको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा आइतबार बिहान १ बजेतिर मृत्यु भएको पोदारले जानकारी दिए। मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आजबुल मियाँ फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। मियाँले चलाएको मोटरसाइकल अनटेष्टमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर