Aamsanchar

नेकपाको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

Author Image
आइतवार, असोज १८, २०७७

काठमाडौँ — राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार चार बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्को बैठकको मिति तय नभएको प्रवक्ता श्रेष्ठले बताए ।

यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार, सचिवालयका कर्मचारी र पाँच दर्जन बढी सुरक्षाकर्मीमा एकैपटक कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो । प्रधानमन्त्री ओली शनिबारदेखि नै आइसोलनमा छन् । उनले सबै भेटघाट बन्द गरेपछि आइतबारको पार्टी सचिवालय बैठक स्थगित गरिएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले सरकारले हालै गरेका राजनीतिक नियुक्तिलाई लिएर असन्तुष्टि जनाएका छन् । मुख्यसचिव र तीन राजदूतको नियुक्ति पार्टी स्थायी कमिटीको निर्णयको मर्मविपरित भएको भन्दै ती नेताहरुको असन्तुष्टि छ । त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने सम्भावना थियो । असोज ४ मा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र विविध एजेन्डा थिए ।

विविधमा पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीमा रिक्त सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायतका विषय छन् । बैठकले तय गरेका दुई एजेण्डामा मात्रै छलफल भएको थियो । असोज ४ गते कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे मात्र छलफल भएको थियो । असोज ६ गते बालुवाटारमा बसेको बैठकमा बैठकले लामो समयदेखि संवैधानिक निकायका रिक्त पदमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको थियो ।

बैठकले १० दिनभित्र बाँकी सांगठनिक एकीकरणको प्रस्ताव बनाउन अयक्षद्वय ओली र दाहालसँगै महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो । महासचिव पौडेलले प्रस्तावमाथि काम गरे पनि अझै टुंगिन नसकेको सकेको छैन । यी सबै विषयमा छलफल गर्ने भनिएको बैठक सरेको हो । नेकपामा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्नेलगायतका काम बाँकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 334

प्रतिक्रिया (०)