Aamsanchar

मकवानपुरमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु , ६ जना घाइते

Author Image
आइतवार, असोज १८, २०७७

 

मकवानपुर – मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । हेटौँडा–भीमफेदी–काठमाण्डौ छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६ को सिमखोलामा ना १ ज ४१०६ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले बताउनुभयो ।

प्रहरीका अनुसार ज्यान गुमाउने दुवै जना पुरुष हुन् । दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । आइतबार दिउँसो साढे १२ बजेको समयमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रानाले जानकारी दिनुभएको छ । हेटौँडाबाट काठमाण्डौ जाँदै गरेको जीप उकालोमा टर्निङ नपुगेर ब्याक गर्ने क्रममा सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरी प्रवक्ता रानाले बताउनुभएको छ ।

Views: 381

प्रतिक्रिया (०)

सम्बन्धित खबर