Aamsanchar

संखुवासभामा आगलागीबाट १५ लाख बराबरको क्षति

Author Image
बुधवार, असोज २१, २०७७

संखुवासभा –धर्मदेवी नगरपालिका–१ मा बलबहादुर कार्कीको घरमा आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। वडाध्यक्ष जगतबहादुर कार्कीका अनुसार बलबहादुरको घरमा मंगलबार दिउँसो करिब १ बजे आगलागी भएको हो।

घरमा कोही नभएको बेला भान्साबाट आगलागी भएको वडाध्यक्ष कार्कीले बताए। आगलागीबाट नगद एक लाख, दुई तोला सुन, चार तोला चाँदी, खाद्यान्न, लत्ताकपडा र अन्नपातलगायत जलेर नष्ट भएको वडाध्यक्ष कार्कीले बताए। स्थानीयवासीले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिएका थिए। पीडित परिवारलाई छिमेकीको घरमा बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष कार्कीले बताए। पीडितलाई तत्कालको लागि २१ हजार रुपैयाँ राहत संकलन गरेर दिएको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर