Aamsanchar

गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोना संक्रमण

Author Image
बुधवार, असोज २१, २०७७

 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयका एकजना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’लाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

उनलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा मन्त्रालयका अन्य केही अधिकारीको पनि पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ । पथिकले आफूमा संक्रमण देखिएको पुष्टि गर्दै सम्पर्कमा रहेका सबै जनालाई विशेष सावधानी अपनाउन भनेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारस्थित सचिवालयका चार जना सदस्यमा कोरोना पुष्टि भइसकेको छ । त्यसक्रममा गरिएको परीक्षणका क्रममा ६७ जना सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएको थियो ।

Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर